गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध २ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौँ, असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्यामप्रसाद यादवसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गढीमाई नगरपालिकाका नगर प्रमुख यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय, भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि. तथा कम्पनीका मुख्य जिम्मेवार व्यक्ति राधेश्याम साहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा समनपुर नाकाको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, सङ्कलन, बिक्री तथा निकासीसम्बन्धी आय ठेक्काबाट प्राप्त हुने राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरिएको आरोप उनीहरूमाथि लगाइएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिम दुई करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको बिगो असुल, कैद तथा बिगोको दोब्बर जरिवानाको मागदाबीसहित मङ्गलबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!