बरिष्ठ पत्रकार नारायण किलम्बु ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

मध्यपुर थिमि

बरिष्ठ पत्रकार नारायण किलम्बु ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ अधिबेशन तथा १२ औँ साधारणसभाका अवसरमा पत्रकार किलम्बु पुरस्कृत भएका हुन् । उनलाई प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले सम्मानपत्र सहित रु १० हजार राशि प्रदान गरे ।

उनलाई भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता–पिताको सम्झनामा स्थापना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!