बाँकेमा ‘शान्ता को अचार’ को नयाँ शोरूम भोलि उद्घाटन हुँदै

कोहलपुर, बाँके । नेपाली परम्परागत स्वादलाई आधुनिक गुणस्तर र उद्यमशीलतासँग जोड्दै आएको ‘शान्ता को अचार’ ले बाँकेको कोहलपुर नगरपालिका–११, पिपल चौतारामा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याउने भएको छ। साउन १८ गते बिहान १० बजे हुने उद्घाटन समारोहसँगै कम्पनीले लुम्बिनी प्रदेशमा आफ्नो बजार विस्तारलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।

उद्यमी शान्ता चौधरीद्वारा स्थापना गरिएको ‘शान्ता को अचार’ ले परम्परागत नेपाली स्वादलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै स्वदेशी खाद्य उद्योगको सफल उदाहरण प्रस्तुत गरेको छ। कम्पनीले स्थानीय स्रोत–साधन, मौलिक रेसिपी र आधुनिक उत्पादन प्रणालीको संयोजनमार्फत नेपाली अचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँदै आएको छ।

कम्पनीले हाल करिब २० जना महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। स्थानीय महिलाको सीप र श्रमलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको उद्योगले महिला आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

शान्ता को अचारका उत्पादनहरू नेपालभर लोकप्रिय हुनुका साथै बिदेशमा समेत निर्यात हुँदै आएका छन्। यसले नेपाली मौलिक स्वादलाई विश्व बजारमा परिचित गराउँदै स्वदेशी उत्पादनको प्रतिष्ठा बढाइरहेको कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार हाल २४ भन्दा बढी विभिन्न प्रकारका अचार, पेस्ट, ब्राइन तथा मसला उत्पादन बजारमा उपलब्ध छन्। यसमा अकबरे अचार, अकबरे पेस्ट, अकबरे इन ब्राइन, चिकेनको अचार, माछाको अचार, बफको अचार, च्याउको अचार, मुलाको अचार, अमलाको अचार, आँपको अचार, कटहरको अचार, गुन्द्रुकको अचार, मेथीको अचार, लप्सीको अचार, लप्सी इन ब्राइन, काक्रो खल्पी, छोइला मसला लगायतका उत्पादन समावेश छन्। परम्परागत नेपाली स्वादलाई जोगाउँदै आधुनिक प्याकेजिङ र गुणस्तरीय उत्पादनमार्फत कम्पनीले उपभोक्ताको विश्वास जित्दै आएको छ।

नयाँ शोरूम सञ्चालनसँगै बाँके, बर्दिया, दाङ, सुर्खेत तथा आसपासका जिल्लाका उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सहज रूपमा एकै स्थानबाट खरिद गर्न सक्नेछन्। यसले स्थानीय बजार विस्तार, कृषि उत्पादनको उपयोग, रोजगारी सिर्जना तथा स्वदेशी उद्योग प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!