परम्परागत थिमि भैलः प्याखका लागि एडु ब्रिज कन्सल्टेन्सीको सहयोग

मध्यपुर थिमि। मध्यपुर थिमिमा सञ्चालन हुने परम्परागत थिमि भैलः २०८३ का लागि एडु ब्रिज कन्सल्टेन्सीले सहयोग गरेको छ।

श्री गणेश सांस्कृतिक समाज, तुलननी/कुम्हाननीको आयोजनामा यही भाद्र १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने परम्परागत थिमि भैलः २०८३ प्याखका लागि मध्यपुर थिमिको नयाँ थिमिमा रहेको एडु ब्रिज कन्सल्टेन्सीका तर्फबाट मार्केटिङ म्यानेजर बाबुकाजी प्रजापतिले करिब ५०० थान टिसर्ट तथा आवश्यक खानेपानी सहयोग गरेका हुन्।

परम्परागत कला, संस्कृति तथा पर्वको संरक्षण र प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको प्रजापतिले बताए ।

स्थानीय कला तथा संस्कृतिको संरक्षणमा समुदायसँगै निजी क्षेत्रको समेत सहभागिता आवश्यक रहेको भन्दै आयोजकले सहयोग प्रति आभार व्यक्त गरेको छ।

परम्परागत भैलः प्याख थिमिको प्रजापति समुदायको मौलिक सांस्कृतिक परम्परामध्ये एक महत्वपूर्ण परम्परा मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!