नेपालमा सम्पन्न भयो १०औँ SEARN सभा बैठक

काठमाडौं । औषधि व्यवस्था विभाग (DDA) को आयोजनामा दक्षिण–पूर्वी एसियाली क्षेत्रका औषधि नियामक निकायबीचको १०औँ SEARN Assembly Meeting सम्पन्न भएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) मुख्यालय, WHO SEARO, WHO नेपाल कार्यालय तथा विभिन्न विकास साझेदारको प्राविधिक सहयोगमा अगस्ट ४ र ५ (२०२६) मा बैठक आयोजना गरिएको हो।

“Strengthening National Regulatory Authorities: Fostering a Sustainable Capacity-Building Ecosystem in South-East Asia” भन्ने मूल नाराका साथ सम्पन्न बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रका नीति निर्माता, राष्ट्रिय औषधि नियामक निकाय (National Regulatory Authorities) तथा राष्ट्रिय गुणस्तर नियन्त्रण प्रयोगशालाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा सन् २०२५–२६ मा भएका प्रमुख उपलब्धि तथा कार्यक्रमका नतिजाको समीक्षा गरिएको थियो। साथै आगामी कार्यदिशाका लागि SEARN को Terms of Reference (ToR) तथा सन् २०२६–२७ को कार्ययोजना समेत अनुमोदन गरिएको औषधि व्यवस्था विभागले जनाएको छ।

बैठकले सदस्य राष्ट्रका औषधि नियामक निकायको क्षमता अभिवृद्धि, नियामकीय प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दिगो क्षमता विकासका लागि क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने विषयमा समेत जोड दिएको थियो।

बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने WHO मुख्यालय, WHO SEARO, WHO नेपाल कार्यालय, विकास साझेदार, आयोजक तथा सहभागी सबैप्रति औषधि व्यवस्था विभागले आभार व्यक्त गरेको छ।

नेपालले उक्त महत्वपूर्ण क्षेत्रीय बैठकको आतिथ्य गर्ने अवसर पाएकोमा गौरव व्यक्त गर्दै सहभागी प्रतिनिधिहरूले नेपालको आतिथ्य र बसाइलाई सुखद रूपमा लिएको अपेक्षा गरेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!