काठमाडौं, रत्न काजि प्रजापति । जिउँदो ब्रोइलर कुखुराको मूल्य पछिल्लो केही सातायता निरन्तर बढ्दै गएको छ। उपलब्ध बजार तथ्यांक अनुसार २०८३ असार २४ गते प्रतिकिलो रु. २२० रहेको जिउँदो कुखुराको मूल्य क्रमशः बढेर भोलि भाद्र २ गते बाट रु. २६० पुगेको छ।
तथ्यांकअनुसार असार २४ गते रु. २२० रहेको मूल्य साउन ८ गते रु. २३०, साउन २२ गते रु. २४० र साउन २६ गते रु. २५० पुगेको थियो। त्यसपछि भोलि भाद्र २ गते देखि लागु हुने गरी प्रतिकिलो रु. २६० पुगेको हो।
यस अवधिमा जिउँदो कुखुराको मूल्य प्रतिकिलो रु. ४० ले बढेको छ। छोटो अवधिमै मूल्यमा देखिएको यो वृद्धिले बजारमा जिउँदो कुखुराको माग तथा आपूर्ति बीचको अवस्थालाई समेत संकेत गरेको छ। कुखुराको मूल्य बढेसँगै किसान तथा व्यवसायीलाई राहत पुग्ने भए पनि यसको प्रत्यक्ष प्रभाव उपभोक्ता मूल्यमा समेत पर्न सक्ने देखिन्छ।
पछिल्लो समय लगातार उकालो लागेको कुखुराको मूल्य आगामी दिनमा कुन दिशातर्फ जाने हो त्यो भने हेर्न बाकि नै छ।
