काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। सर्वोच्चले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तत्काल हिरासतमुक्त गर्नुका साथै उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू समेत फिर्ता गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
इजलासले श्रेष्ठलाई हिरासतमा राख्नुको औचित्यमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमुक्त गर्न र अनुसन्धानका क्रममा कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरण फिर्ता गर्न आदेश दिएको हो।
