बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको शपथ आज हुँदै

मकवानपुर । बागमती प्रदेशमा नेक्पा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालय बाँडफाँट टुंगिएसँगै नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ आज अपराह्न ४ बजे गराउने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।

सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले सभामुखसहित दुई र राप्रपाले तीन मन्त्रालय पाउने भएका छन्।

एमालेबाट किरण थापा मुख्यमन्त्री, ज्ञानबहादुर तामाङ भौतिक पूर्वाधार विकास मन्त्री र रघुनाथ महर्जन आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने हुनुभएको छ ।

नेकपाबाट रत्न ढकाल सभामुख, सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री र रमा आले मगर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्ने हुनुभएको छ ।

राप्रपाबाट राजु विष्ट, ज्ञानेन्द्र प्रजापति र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा हुनुहुन्छ । यद्यपि राप्रपा केन्द्रीय नेतृत्वले भने प्रदेश सरकार गठनमा पार्टीको समर्थन नरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!