बागमतीका मुख्यमन्त्री किरण थापाले लिए पद तथा गोपनीयताको शपथ

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई प्रदेशसभाका ६३ सदस्यको समर्थन रहेको छ।

उहाँलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!