बाढी प्रभावित पशुचौपायाको उद्धार र उपचारमा ध्यान दिन पशुपन्छी औषधि व्यवसायी संघको आग्रह

काठमाडौं/मनिष राज भट्टराई ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मानवसँगै पशुचौपायामा समेत क्षति पुगेको भन्दै नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश कार्यसमितिले दुःख व्यक्त गरेको छ।
संघका अध्यक्ष ईश्वर कुमार थापाले जारी गरेको अपिलमा बाढीबाट प्रभावित तथा जोखिममा रहेका पशुचौपायाको तत्काल उद्धार, उपचार र आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
बाढीका कारण नदी किनारका बस्ती, पुल तथा विभिन्न संरचनामा क्षति पुगेको जनाउँदै संघले प्राकृतिक विपद्को समयमा मानव उद्धारसँगै पशुधनको संरक्षणलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ।
बाढीबाट घाइते भएका नागरिक तथा पशुचौपायाको तत्काल उद्धार र उपचार तथा बेपत्ता नागरिकको खोजी कार्यमा राज्य, स्थानीय तह, संघसंस्था तथा व्यक्तिगत रूपमा समेत सहयोग गर्न संघले अपिल गरेको छ।
प्राकृतिक विपत्तिको यस घडीमा सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरी प्रभावित मानव तथा पशुधनको संरक्षणमा योगदान दिन संघले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!