बाढी प्रभावित क्षेत्रमा पशु स्वास्थ्यप्रति संवेदनशील बन्न पशुपन्छी औषधि व्यवसायी संघको अपिल

काठमाडौं/ रत्न काजि प्रजापति ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बस्ती, पुल तथा विभिन्न संरचनामा क्षति पुगेको घटनाप्रति नेपाल पशुपन्छी औषधि व्यवसायी संघले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावित पशुचौपायाको उद्धार तथा उपचारमा विशेष ध्यान दिन अपिल गरेको छ।
संघले जारी गरेको अपिलमा बाढीबाट पशुचौपायासहित ठूलो मानवीय क्षति भएको खबरप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार, उपचार र राहतका कार्यलाई प्राथमिकता दिन आग्रह गरेको हो।
संघले बाढी आउन सक्ने सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदीका बहाव क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, बाढीका कारण घाइते भएकाहरूको तत्काल उद्धार तथा उपचार र बेपत्ता नागरिकको खोजी कार्यमा राज्य, स्थानीय तह, संघसंस्था तथा व्यक्तिगत रूपमा समेत सहयोग गर्न अपिल गरेको छ।
संघले प्राकृतिक विपद्को यस घडीमा सबै प्रदेश कार्यसमितिमार्फत मातहतका जिल्ला शाखाबाट प्राकृतिक प्रकोप पीडितलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरिदिनसमेत अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!