भोटेकोशी बाढीमा भएको जनधनको क्षति प्रति नेपाल लेयर्स कुखुरापालक संघद्वारा दुःख व्यक्त

काठमाडौँ/ रत्न काजि प्रजापति।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहानदेखि आएको ठूलो बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल लेयर्स कुखुरापालक संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा पुनःस्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, मानव अधिकारकर्मी, स्वदेशी तथा विदेशी दाता र सञ्चारकर्मीलगायत सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको जनाएको छ।
बाढीका कारण ठूलो संख्यामा सर्वसाधारण, सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु हुनुका साथै धेरै व्यक्ति बेपत्ता र घाइते भएको तथा ठूलो परिमाणमा भौतिक सम्पत्तिमा क्षति पुगेको घटनाले आफूहरू अत्यन्त दुःखी भएको संघले जनाएको छ।
संघले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!