भोटेकोशी बाढीपीडितका लागि तिलिचो ट्रेडिङको २ लाख सहयोग

काठमाडौँ / रत्न काजि प्रजापति ।

रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि तिलिचो ट्रेडिङ प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्राकृतिक विपदबाट प्रभावित समुदायलाई सहयोग गर्ने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गर्ने जनाएको हो।

तिलिचो ट्रेडिङका प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनाका लागि सहयोग गरिएको बताउनु भयो। विपद्को समयमा व्यवसायिक गतिविधिभन्दा माथि उठेर प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा निजी क्षेत्रले पनि योगदान गर्नुपर्ने धारणा मगरले व्यक्त गरे।

प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरका अनुसार उक्त सहयोग बाढी प्रभावित व्यक्ति तथा समुदायको राहत र पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ। उनले आगामी दिनमा समेत अर्थपूर्ण सामाजिक पहलमार्फत समुदायको दिगो विकास र कल्याणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!