बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो

काठमाडौँ, भदौ १२ गते । बाढीपहिरो तथा विपद्का घटनामा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ।

नेपाल प्रहरीले शुक्रबार अपराह्न ५ बजेसम्म विभिन्न जिल्लाबाट ५५३ जनाको शव फेला परेको जानकारी दिएको छ।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक जना मृत अवस्थामा फेला परेका छन्। विपद्मा घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका व्यक्तिको संख्या ९७ जना रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!