एफएनसीसीआईको स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा रितेश रिमाल मनोनित

काठमाडौं, १४ भदौ २०८३/रत्न काजि प्रजापति ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा नेपाल पशुपक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमाललाई मनो्नित गरेको छ।

महासंघले रिमाललाई कार्यकारिणी समिति सदस्य विप्लव अधिकारीको सभापतित्वमा गठित स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा मनोनयन गरेको हो।

उपसभापति रिमालले महासंघको उद्देश्य, नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित विषयमा समितिले सञ्चालन गर्ने गतिविधि, छलफल, सुझाव तथा नीतिगत कार्यमा सक्रिय सहभागिता जनाउँदै आफ्नो अनुभव, ज्ञान र विज्ञतामार्फत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास महासंघले व्यक्त गरेको छ।

रिमाल लामो समयदेखि पशुपक्षी औषधी व्यवसायको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी हाल नेपाल पशुपक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष हुनुहुन्छ।

यसअघि पनि रिमाल उद्योग व्यवसाय क्षेत्रसँग सम्बन्धित संस्थामा जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। एफएनसीसीआईका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ वस्तुगत संघतर्फका उपाध्यक्ष तथा कमोडिटी काउन्सिलका सभापति रहँदा सन् २०२० देखि २०२३ सम्म रिमाल सोही कमोडिटी काउन्सिलमा सल्लाहकारका रूपमा कार्यरत थिए।

महासंघले समितिको उपसभापतिका रूपमा रिमाललाई आज मनोनयन पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिँदै स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित नीति निर्माण, छलफल र निजी क्षेत्रका विषयलाई प्रभावकारी रूपमा अघि बढाउन रिमालको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!