नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य विज्ञान समितिमा सुना सुबेदी बडाल मनोनित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.की अध्यक्ष सुना सुबेदी बडाल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको स्वास्थ्य विज्ञान समितिको सदस्यमा मनोनित हुनुभएको छ।

स्वास्थ्य विज्ञानसँग सम्बन्धित नीति, अनुसन्धान, व्यवसाय तथा समग्र स्वास्थ्य क्षेत्रका सवाललाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले गठित समितिमा बडाललाई सदस्यको जिम्मेवारी दिइएको हो।

पशुपन्छी औषधि व्यवसाय तथा निजी क्षेत्रको नेतृत्वमा समेत सक्रिय बडालसँग स्वास्थ्य तथा व्यवसायिक क्षेत्रमा लामो अनुभव रहेको छ। उहाँको दक्षता, अनुभव, नेतृत्वदायी क्षमताले समितिको कामलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समितिमा उहाँको सहभागिताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति निर्माण, व्यवसायिक वातावरण, अनुसन्धान तथा निजी क्षेत्रका सवाललाई थप सशक्त रूपमा उठान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

बडालको मनोनयनले स्वास्थ्य क्षेत्रका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य विस्तार गर्न समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। उहाँको सहभागिताले समितिलाई थप गतिशील, समावेशी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!