पूर्वाञ्चल एग्रिटेकद्वारा रसुवा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःनिर्माण अभियानमा पूर्वाञ्चल एग्रिटेकले आर्थिक सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो । कम्पनीले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार विपद्को यस दुःखद घडीमा पीडित जनताको साथमा उभिनु सबैको साझा दायित्व हो । राहत तथा पुनःनिर्माणका लागि आ–आफ्नो क्षमता र क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै कम्पनीले एकता नै ठूलो शक्ति भएको सन्देशसमेत दिएको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेको छ ।

पूर्वाञ्चल एग्रिटेकले पनि विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग अभियानमा सहभागिता जनाएको हो । कम्पनीले बाढीपीडितको दुःखमा सबैलाई साथ दिन र पुनःनिर्माण तथा आशाको यात्रामा हातेमालो गर्न आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!