काठमाडौं, १५ भदौ २०८३।
विपद्को कठिन घडीमा प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रोयल फिड इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा राज्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाइएको छ।
रोयल फिड इन्डस्ट्रिजले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा व्यावसायिक क्षेत्रको साझा दायित्व भएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
विपद मा पिडितको साथमा व्यावसायिक क्षेत्रको सहकार्य र मानवीय उत्तरदायित्वको उदाहरणका रूपमा रोयल फिड इन्डस्ट्रिजको यो सहयोगलाई लिइएको छ।