मापदण्ड नपुगेका तीन औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं, १६ भदौ २०८३/रत्न काजि प्रजापति।

औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका तीन प्रकारका औषधि बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।

विभागका अनुसार OMITRON Syrup, Vomiset Syrup र ALCAL-D 500 Tablets परीक्षणका क्रममा सम्बन्धित औषधि मापदण्डअनुसार नभएको पाइएको हो।

OMITRON Syrup र Vomiset Syrup ले USP 2026 अनुसार Assay तथा Oral Solution को Packaging requirement पूरा गरेका छैनन्। दुवै औषधिमा Ondansetron Hydrochloride USP बराबर २ मिलिग्रामको मात्रा रहेको उल्लेख छ।

त्यस्तै, ALCAL-D 500 Tablets मा IP 2026 अनुसार Vitamin D3 को Assay मापदण्डअनुरूप नभएको विभागले जनाएको छ। उक्त औषधिमा Calcium तथा Vitamin D3 समावेश रहेको छ।

OMITRON Syrup को उत्पादक National Health Care Pvt. Ltd., बारा र Vomiset Syrup को उत्पादक Time Pharmaceuticals (P) Ltd., नवलपरासी हुन्। ALCAL-D 500 Tablets भारतको Alkem Health Science ले उत्पादन गरेको तथा नेपालमा आयातकर्ता Balajee Medicines Distributors Pvt. Ltd. रहेको छ।

विभागले गुणस्तर परीक्षणबाट मापदण्ड पूरा नभएको पुष्टि भएपछि सम्बन्धित औषधिको बिक्री–वितरण रोक्न तथा बजारमा रहेको औषधि फिर्ता (Recall) गर्न निर्देशन दिएको हो। औषधिको गुणस्तरमा देखिएको कमजोरीले बिरामीको उपचार तथा औषधि सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने भएकाले बजार अनुगमन र गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!