विपद्को घडीमा सिद्धार्थ पेलेट फिडको साथः उद्धार कोषमा ११ लाख ५५ हजार सहयोग

काठमाडौं, १६ भदौ २०८३/रत्न काजि प्रजापति ।

रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिद्धार्थ पेलेट फिड प्रा लि ले ११ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। सिद्धार्थ पेलेट फिड प्रा लिको तर्फबाट उक्त रकम राहत कोषमा जम्मा गरेको हो ।

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला सिद्धार्थ पेलेट फिडको यो सहयोगले विपद्को समयमा उद्योग क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

पशुपन्छी तथा कृषि क्षेत्रसँग सम्बन्धित उद्योगका रूपमा आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै कम्पनीले विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि हातेमालो गरेको कम्पनीका आर्थिक निर्देशक रबिन पुरीले जनाएको छ।

सिद्धार्थ पेलेट फिड प्रालि नेपालमा व्यावसायिक रूपमा स्थापित पशुपन्छी दाना उद्योगमध्ये एक हो। २०६६ सालमा गुणस्तरीय उत्पादन तथा ग्राहकलाई उचित समयमा उत्कृष्ट सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीको स्थापना भएको हो। कम्पनीले देशभर आफ्ना पोल्ट्री फिड उत्पादन बिक्री वितरण गर्दै आएको छ।

सिद्धार्थ पेलेट फिडले उत्पादन गर्ने पेलेट दाना स्विट्जरल्यान्डको Buhler को आधुनिक तथा उन्नत फिड–प्रोसेसिङ प्रविधिबाट उत्पादन हुँदै आएको तथा कच्चा पदार्थको गुणस्तर परीक्षणदेखि उत्पादनका विभिन्न चरणमा गुणस्तर नियन्त्रणलाई प्राथमिकता दिँदै आएको छ। अनुभवी पोषणविद्हरूबाट तयार गरिएको सन्तुलित पोषणयुक्त दानाले पशुपन्छीको वृद्धि, फिड कन्भर्जन र समग्र उत्पादन क्षमतामा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!