काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि Kantipur Vet Distributors (KVD) Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै KVD Group की अध्यक्ष सुना सुबेदीको नेतृत्वमा उक्त सहयोग रकम प्रदान गरिएको हो। विपद्ले घरबार, परिवार र जीवनयापनका आधार गुमाएका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा निजी क्षेत्रबाट गरिएको यो सहयोगले मानवीय जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।
KVD Group ले राष्ट्र विपत्तिमा परेको समयमा व्यवसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै सहयोग गरेको अध्यक्ष बडालले बताए। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको समूहको भनाइ छ। सहयोग रकमले विपद् बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास समूहले व्यक्त गरेको छ।
अध्यक्ष सुबेदीले विपद्का बेला पीडित नागरिकलाई राज्य, निजी क्षेत्र तथा आम नागरिक सबैको सामूहिक साथ र सहयोग आवश्यक रहेको बताउँदै राहत तथा उद्धार अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
KVD Group ले सहयोग रकम विपद् प्रभावित नागरिकको हितमा प्रभावकारी रूपमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै सरकार तथा सम्बन्धित निकायले सञ्चालन गरिरहेका राहत, उद्धार र पुनःस्थापनाका कार्यप्रति ऐक्यबद्धता जनाएको छ।