विपद् प्रभावितको उद्धार तथा पुनर्निर्माणमा ग्लोबल एग्रो ग्रुपको साथ

काठमाडौँ, १९ भदौ २०८३ । हालैको विनाशकारी प्राकृतिक विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ग्लोबल एग्रो ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२ लाख २२ हजार २ सय २१ सहयोग गरेको छ।

‘विपद् मा साथ, पुनर्निर्माणमा हातेमालो’ भन्ने भावनासहित ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। बाढी तथा हिमपहिरोबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुग्ने विश्वास ग्रुपले व्यक्त गरेको छ।

भोटेकोसी नदी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकोप्रति ग्लोबल एग्रो ग्रुपले दुःख व्यक्त गरेको छ। विपद् मा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ग्रुपले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साथै, शोकमा रहेका परिवार तथा बाढीबाट प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको ग्रुपले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!