बाढी प्रभावित परिवारलाई धुलिखेल अस्पतालको एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले धुलिखेल अस्पतालले प्रभावित परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

अस्पतालका अनुसार बाढीपछि प्रभावित परिवारले भोग्नुपरेको स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। यसले विपद्पछिको पुनःस्थापना तथा पुनरुत्थानको समयमा प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहजता पुग्ने विश्वास अस्पतालले लिएको छ।

निःशुल्क स्वास्थ्य सेवा लिन आवश्यक प्रक्रिया, आवश्यक कागजात तथा सेवासम्बन्धी अन्य विवरण अस्पतालले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!