काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एग्रोमिक्स फिड इन्डस्ट्रिज प्रा.लि.ले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
एग्रोमिक्स फिड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक डा. आनन्द सिंहका अनुसार प्राकृतिक विपद् बाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।
विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्याउन निजी क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा एग्रोमिक्स फिडको सहयोगले राहत अभियानमा थप योगदान पुर्याएको छ। डा. सिंहले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा आफ्नो संस्थाको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।