विश्व रेबिज दिवस २०२६ : सामुदायिक कुकुर बन्ध्याकरण तालिम सुरु

धनगढी । विश्व रेबिज दिवस २०२६ को अवसरमा पशु सेवा विभाग, नेपाल भेटेरिनरी एशोसिएसन र खाद्य तथा कृषि संगठन (FAO)को संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरण (Animal Birth Control) सम्बन्धी तालिम सुरु भएको छ।

पशु सेवा विभागका महानिर्देशक उमेश दाहालको प्रमुख आतिथ्य तथा नेपाल भेटेरिनरी एशोसिएसन सुदूरपश्चिम प्रदेश अध्यक्षको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो।

तालिममा सुदूरपश्चिम प्रदेशमा कार्यरत पशु चिकित्सकलाई प्रशिक्षण दिइनुका साथै धनगढी उपमहानगरपालिका क्षेत्रमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्ध खोप लगाउने अभियानसमेत सञ्चालन भइरहेको छ।

कार्यक्रममा डा. शिव, डा. विशाल र डा. विजय प्रशिक्षकका रूपमा सहभागी छन् भने समग्र कार्यक्रमको संयोजन डा. प्रमोदले गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!