घट्टे खोला कटान क्षेत्रको मुख्यमन्त्री थापाद्वारा स्थलगत निरीक्षण

भक्तपुर । तीन दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण सूर्यविनायक नगरपालिका–४ र ५ को सीमाबाट बग्ने घट्टे खोलामा आएको बाढीले गरेको कटान क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्थलगत निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले बाढीबाट प्रभावित तथा जोखिमयुक्त क्षेत्रको तत्काल संरक्षण र आवश्यक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको विपद् कोषबाट २ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विपद्का समयमा नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधार संरक्षणलाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक कदम चालिने बताउनुभयो।

मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा क्षति न्यूनीकरणका लागि प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!