Animal Nepal द्वारा कीर्तिपुरमा ७१४ कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप

काठमाडौं । विश्व रेबिज दिवस २०२६ को अवसरमा कीर्तिपुर नगरपालिकाका १० वटै वडामा सञ्चालन गरिएको रेबिज विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ७१४ वटा कुकुर तथा बिरालोलाई खोप लगाइएको छ।

Animal Nepal ले IVSA HICAST, NVSA HICAST र All For Paws को सहकार्यमा सेप्टेम्बर ७ देखि अभियान सञ्चालन गरेको हो। अभियानअन्तर्गत वडा नं. १, २, ३, ४, ५, ७, ८ र ९ मा खोप कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

प्रतिकूल मौसमका कारण केही ढिलाइ भएको वडा नं. २, ६ र १० मा अभियान जारी रहेको Animal Nepal ले जनाएको छ।

अभियानले समुदायमा रेबिज नियन्त्रण तथा जनचेतना विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। Animal Nepal ले अभियानमा सहकार्य गर्ने सबै संस्था तथा निरन्तर सहयोग गर्ने Street Souls लाई धन्यवाद दिएको छ।

‘सहकार्य र एकताका साथ अघि बढ्दा रेबिजरहित संसार सम्भव छ’ भन्ने सन्देशसहित अभियान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!