मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्कालदेखि दीर्घकालीन उपायमा छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालको आह्वानमा आयोजित बैठकमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे गम्भीर छलफल भएको छ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी सहित सम्बन्धित पक्षको सहभागिता रहेको थियो।

बैठकमा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय समेटिएको कार्यदलको प्रतिवेदन तथा आवश्यक नीतिगत सामग्री प्रस्तुत गरिएको थियो।

प्रतिनिधिसभा सदस्य सागर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली तथा नेकपा (एमाले) सचेतक नीता घतानीले प्रतिवेदनमाथि सुझाव राख्नुभएको थियो।

सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्वका कारण स्थानीय समुदायले भोग्दै आएका समस्या न्यूनीकरण गर्न नीतिगत तथा व्यावहारिक उपायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो।

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै समन्वयात्मक ढंगबाट समाधान खोज्नुपर्ने निष्कर्षसहित बैठक अघि बढेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!