काठमाडौं । खाद्य तथा कृषि संगठन (FAO) नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) सचिवालयसँग भेटवार्ता गर्दै संस्थागत सम्बन्ध सुदृढ गर्ने तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल गरेको छ।
भेटमा दक्षिण एसियामा साझा चुनौतीको सम्बोधन तथा साझा विकास प्राथमिकता अघि बढाउन सामूहिक पहल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीको महत्वमा जोड दिइएको थियो।
छलफलका क्रममा आपसी चासोका क्षेत्र पहिचान गर्दै संवादलाई निरन्तरता दिने र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
FAO नेपालले दक्षिण एसियामा समावेशी, उत्थानशील तथा दिगो कृषि–खाद्य प्रणालीको विकास, खाद्य सुरक्षा प्रवर्द्धन तथा समृद्ध क्षेत्र निर्माणका लागि क्षेत्रीय साझेदारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।