कांग्रेस महाधिवेशन : डा. गंगा लक्ष्मी अवालको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. गंगा लक्ष्मी अवालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले आदिवासी जनजाति महिलातर्फ आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।

अवालले आफ्नो उम्मेदवारीमार्फत आदिवासी जनजाति समुदायको अधिकार, महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेकी छन्।

उनले शिक्षा, स्वास्थ्य, विपन्न तथा सीमान्तकृत समुदायको उत्थान, महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायका सवाललाई राजनीतिक एजेन्डासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

त्यस्तै, अवालले समावेशी, सुशासित र उत्तरदायी पार्टी निर्माण, महिला नेतृत्वको विकास, वातावरण संरक्षण तथा जलवायु न्याय, ग्रामीण तथा सीमान्तकृत परिवारको उत्थान र सामाजिक न्यायलाई आफ्नो प्राथमिकतामा राखेकी छन्।

उनको घोषणापत्रमा कृषि तथा पशुपालनमा आधारित परिवारको आर्थिक सशक्तीकरण, सीप र स्वरोजगार प्रवर्द्धन तथा सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने विषयसमेत समेटिएको छ।

अवालले नेपाली कांग्रेसलाई समावेशी, गतिशील र जनमुखी संगठनका रूपमा थप मजबुत बनाउन आफ्नो भूमिका रहने बताएकी छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन अपिल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!