मध्यपुर थिमि ।
नेपाली कांग्रेस मध्यपुर थिमिका नेता अष्ट कुमार कवेंले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका कवेंले आफ्नो उम्मेदवारीमार्फत संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता तथा पार्टीलाई थप जनमुखी बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्।
उम्मेदवारी दर्ताका क्रममा उनले पार्टी संगठनमा आफूले गरेको निरन्तर योगदान, राजनीतिक अनुभव र कार्यकर्तासँगको सम्बन्धलाई आगामी भूमिकाको आधारका रूपमा प्रस्तुत गरेका छन्।
कवेंको उम्मेदवारीका लागि मनोनयनपत्रमा मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, भेषबहादुर केपी र पुर्ब मन्त्री कृष्णलाल भेडेल प्रस्तावकका रूपमा तथा निशान ढुन्गेल, प्रविणा प्रजापति र हरिदास प्रजापति समर्थकका रूपमा रहेका छन।