भेटेरिनरी प्राक्टिसनर्स एसोसिएसन नेपालको ‘पोल्ट्री सेसन २०२६’ सम्पन्न

काठमाडौं । भेटेरिनरी प्राक्टिसनर्स एसोसिएसन नेपाल (VPAN) को आयोजनामा ‘पोल्ट्री सेसन २०२६’ सम्पन्न भएको छ। असोज १६ गते (अक्टोबर २, २०२६) काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय रेफरल भेटेरिनरी अस्पताल (CRVH) मा कार्यक्रम आयोजना गरिएको हो।

पोल्ट्री क्षेत्रका पशु चिकित्सक तथा व्यवसायीहरूबीच ज्ञान, अनुभव र व्यावहारिक पक्षको आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सेमी–क्लोज्ड तथा क्लोज्ड हाउसमा गर्मी तथा जाडो मौसमअनुसार भेन्टिलेसन व्यवस्थापन रणनीतिबारे छलफल गरिएको थियो।

त्यस्तै, ब्रीडरमा लेयिङका लागि फिडिङ तथा पुललेट व्यवस्थापन सम्बन्धमा समेत सहभागीहरूलाई प्राविधिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्रोत व्यक्तिका रूपमा नोएल सी. क्विनोनेस (Noel C. Quiñones) र डा. दिनेश गौतमले पोल्ट्री व्यवस्थापन तथा उत्पादनसँग सम्बन्धित विषयमा आफ्नो ज्ञान र अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशेष अतिथि केन्द्रीय रेफरल भेटेरिनरी अस्पताल (CRVH) का डा. प्रभेश शर्मा तथा नेपाल भेटेरिनरी एसोसिएसन, बागमती प्रदेशका अध्यक्ष डा. निमेष खनालको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पशु चिकित्सक तथा पोल्ट्री क्षेत्रका पेशाकर्मीहरूले विभिन्न विषयमा प्रश्न, जिज्ञासा र अनुभव आदानप्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!