भक्तपुरमा जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुर । जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमसम्बन्धी जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा जिल्लाभर सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति, उपलब्धि, कार्यसम्पादनको अवस्था तथा चुनौतीहरूबारे समीक्षा गरिएको थियो।

समीक्षाका क्रममा विगत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने विषयमा छलफल गरिएको थियो।

गोष्ठीमा स्वास्थ्य कार्यालयका प्रतिनिधि, विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधार गर्नुपर्ने क्षेत्रबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

विगतका उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी कार्ययोजना तथा प्राथमिकता निर्धारण गर्ने उद्देश्यले आयोजित गोष्ठीले आगामी वर्षका लागि आवश्यक योजना समेत तय गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!