क्रियासिल पत्रकार मञ्चको अधिवेशनः अध्यक्षमा पुन रमेश गिरी 

भक्तपुर, २४ असोज ः क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पुनः रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, सहसचिवमा ऋषिकेश श्रेष्ठ र  कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी प्रजापति र सृजना खतिवडा चयन हुनु भएको छ ।
अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!