सरकारले तिहारअघि ६७ करोड ५० लाखको धान खरिद गर्ने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तिहारअघि ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वयपछि सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको हो।

कृषि मन्त्रालयले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिनेछ। सरकारले किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने र बजारमा धानको मूल्य स्थिर राख्ने उद्देश्यले खरिद प्रक्रिया अघि बढाएको जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छ।

सरकारी खरिदबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने, बिचौलियाका कारण मूल्यमा पर्ने दबाब कम हुने र बजारमा मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!