गोपाल टण्डन बुटवल उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित

बुटवल, असोज २६ । नेपाल दाना उद्योग संघका केन्द्रीय तृतीय उपाध्यक्ष एवं बुस्टर फिड इण्डष्ट्रिज प्रा.लि., बुटवलका अध्यक्ष गोपाल टण्डन बुटवल उद्योग वाणिज्य संघको उद्योगतर्फबाट सदस्य पदमा निर्वाचित हुनुभएको छ।

बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन अन्तर्गत २०८३ असोज २६ गते सम्पन्न मतदानबाट टण्डन सदस्य पदमा निर्वाचित हुनुभएको हो।

दाना उद्योग तथा पशुपन्छी आहार उत्पादन क्षेत्रमा आबद्ध टण्डनको निर्वाचितसँगै बुटवल क्षेत्रको औद्योगिक विकास, उद्योगी व्यवसायीका समस्या तथा निजी क्षेत्रका सवाललाई संस्थागत रूपमा उठाउने अवसर प्राप्त भएको छ।

नेपाल दाना उद्योग संघको केन्द्रीय तृतीय उपाध्यक्षसमेत रहनुभएका टण्डन बुस्टर फिड इण्डष्ट्रिज प्रा.लि.मार्फत दाना उद्योग क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँको निर्वाचितले उद्योग क्षेत्रको प्रतिनिधित्व र उद्योगी व्यवसायीबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!