काठमांडौ, असोज ६, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमिका बरिस्ठ फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठ संस्कृति सम्पदा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा श्रेष्ठलाई पुरस्कृत गरिएको हो।
राष्ट्रिय समाचार समितिमा आबद्द फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठ बिगत लामो समय देखि यो क्षेत्रमा क्रियाशिल हुनु हुन्छ। फोटो पत्रकार श्रेष्ठले देश तथा बिदेशमा आफुले खिचेका फोटोहरुको प्रदर्शनी गरि सक्नु भएको छ।
मध्यपुर थिमिका गहनाका रुपमा परिचित श्रेष्ठले स्थानिय एतिहासिक एब मौलिक परम्परागत जात्रा बिस्का जात्रा प्रबर्धन गर्नको लागि महत्वपुर्ण भुमिका निभाउनु भएको छ। उहाले बिस्का जात्रालाई प्रचार प्रसार तथा प्रबर्धन गर्न जात्रा सम्बन्धि फ़ोटो प्रदर्शनी काठमांडौको नेपाल टुरिज्म बोर्ड तथा बसन्तपुर लगायत मध्यपुरकै बिभि्न्न स्थानहरुमा आयोजना गरिसक्नु भएको छ।


