तिन प्रश्न सहित रास्वपा जनताको घरदैलोमा जादै

काठमाडौं, मंसिर १ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालका अनुसार सबै निर्वाचन क्षेत्रमा मुख्य तीन प्रश्नसहित सो घरदैलो अभियान सञ्चालन हुनेछ। रास्वपाले पार्टीको सबल वा दुर्लभ पक्षसँगै सुझाव सङ्कलन गर्नेछ। उहाँले नेता चुनावको बेला मात्रै होइन, अरू बेला पनि जनताको घरदैलो पुग्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जुन मान्यता हाम्रो पार्टीले राख्छ, त्यो अनुसार चुनाव सकिएको एक वर्षमै जनताको घरदैलो पुगेर जनतासँग सुझाव, सल्लाह र जनताको खबरदारी लिन यो कार्यक्रम राखेका हौँ।”

रास्वपाले वितरण गर्ने मुख्य तीन प्रश्न :

१) तपाईँको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरू के–के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस्।

२) हाम्रो लागि तपाईँका सुझाव के–के हुन् ? कृपया बुँदागतरुपमा उल्लेख गर्नुहोस्।

३) आफ्नो क्षेत्रमा तपाईँले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस्।

घरदैलो अभियानमा लिखित मात्र नभई मौखिक रूपमा पनि सुझाव दिन सकिने छ। उहाँले भन्नुभयो, “जनताका लागि घर–घरमा फाराम छोड्दिने र पछि सङ्कलन गर्ने गरी हामीले तयारी गरेका छौँ।”

गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए। तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने शंका समेत दिनप्रतिदिन बढ्दो छ। चुनावका बेला जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव लिन लागेको ढकालले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!