संविधानबाट प्राप्त अधिकार संरक्षणमा लाग्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ, साउन २,२०८१ः

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले अहिले नेपालीहरुले पाएको अधिकारका लागि महिलाहरुको योगदान अतुलनीय रहेको बताउनु हु्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरुले दिनुभएको योगदानलाई नजरअन्दाज गर्न नहुने जिकिर गर्नुभयो ।

‘‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन पार्टी सभापतिबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्राप्त गर्नका लागि मङ्गलादेवी लगायतका महिला नेतृहरुको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरुलाई पुनः प्राप्ति गर्नका लागि मङ्गलादेवी सिंहलगायत शैलजा आचार्यहरु सबै जेल गएको कुरा बिर्सिनु हुँदैन ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट प्राप्त गरेका अधिकारहरु छन् । ति अधिकारहरु प्राप्त गर्नका लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले ठुलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नुहुँदैन ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!