साढे १२ सय कर्मचारीको सरुवा

काठमाडौं, ३ असोज २०८१ः

सरकारले करिब एक हप्ताका बीचमा ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरूको सरुवा गरेको हो।

केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बुधबार राति सार्वजनिक गरेको छ। यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिवको सरुवा भएको छ।

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ।

निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ। निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ। त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ।

त्यसअनुसार अहिले मन्त्रालयले कर्मचारीहरूको नियमित सरुवा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!