नगदेश, २३ असोज २०८१ः
रत्न काजि प्रजापति
नगदेश लायकु दरवारका नबनियुक्त नाय:पमा तथा पदाधिकारीहरुलाई पुजा सामाग्री, बाजा सामाग्री तथा पोशाकहरु हस्तान्तरण गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त सामाग्री हरु आज एक समारोहका बिच नायो पमा रामकृष्ण बाडे लगायतलाई प्रदान गर्नु भयो।
उक्त समारोहमा दरबारका अन्य पमाहरु रामकृष्ण बैद्य, कृष्ण भक्त बाडे, काजी नर्सी डङ्गोल र बिकु बहादुर घजुको पनि उपस्थिति रहेको थियो। मध्यपुर थिमि नगरपालिका वडा न ७ का अध्यक्ष कृष्ण कुमार प्रजापतिको बिषेश उपस्थिति रहेको उक्त समारोहमा नगदेश लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष भाईजान बाडेको पनि उपस्थिति रहेको थियो।
नगदेश लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका सचिब दिनेश बाडेका अनुसार हालै मात्र लायकु दरबारका नायो पमा लगायत अन्य पमाहरु परिबर्तन भएका हुन।
फोटो फिचरः (सौजन्यः पवन श्रेष्ठ)
