ख्वपको पहिचान नेपालभाषामा पठन पाठनको लागि नगरपालिकामा ज्ञापनपत्र

भक्तपुर, फागुन ८, २०७९ः

ख्वपको पहिचान नामक खस् नेपाली भाषामा तयार पारिएको स्थानीय पाठ्यत्रफ्म नेपालभाषामा पठन पाठनको ब्यवस्था गर्न दबाब दिँदै नेवाः देय् दबूले भक्तपुर नगरपालिकामा ज्ञापनपत्र बुभफएको छ । अन्तर्राष्टिय मातृभाषा दिवसको अवसर पारी सूर्यमढी टोलबाट सुरु भएको जुलुस भक्तपुर नगर परिक्रमा गरी भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीमा पुगी ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेवाः देय् दबू भक्तपुर जिल्ला समिति, नेवाः देय् दबू भक्तपुर नगर समिति, नेवाः मिसा दबू भक्तपुर जिल्ला समिति र नेवाः देय् दबू भक्तपुर नगर समितिले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा भक्तपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ख्वप पहिचान खस् नेपाली भाषामा मात्रै तयार पारिएकोमा अब उप्रान्त त्यसलाई नेपालभाषामा समेत पठन पाठन थाल्नु पर्ने लगायत स्थानीय टोलहरुको मौलिक नाम स्थानीय नेपालभाषामा रञ्जना लिपिमा उल्लेख गर्नुपर्ने माग गरिएको छ ।

नेवाः देय् दबूको तर्फबाट नेवाः देय् दबू भक्तपुर नगर समितिका अध्यक्ष कृष्णप्रसाद प्रजापतिले भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीलाई सो ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र ्बुझि लिनुहुँदै भक्तपुर नगरपालिकाका उममेयर रजनी जोशीले आफुहरु ठूल्ठूला योजना बनाएर भ्याई नभ्याई काममा लखतरान हुनु परेका कारण यस्ता साना तिना कुराहरुमा ध्यान दिन नसकिरहेको बताउनु हुँदै पूर्व तयारीको अभाव भएकाले मात्रै स्थानीय पाठ्य्क्रम नेपालभाषामा तयार पार्न नसकिरहेको हो तर आफुहरुको पक्षपातपूर्ण नियत नभएको बताउनु भयो । वहाँले स्थानीय स्थानहरुको नाम नेपालभाषामा खोजविन गरी नगरपालिकामा बु्झाऊने सहयोग गरिदिएको खण्डमा रञ्जना लिपिबाट मौलिक टोलहरुको पुरानो नाम उल्लेख गरी साइनबोर्ड राख्न आफुहरुलाई कुनै आपत्ति नभएको स्पष्ट पार्नुभयो । ज्ञापनपत्र बु्झाऊनु अघि सूर्यमढी टोलबाट सुरु भएको जुलुस सुरु हुनु भन्दा अगाडि नेवाः देय् दबू भक्तपुर नगर समितिका अध्यक्ष कृष्णप्रसाद प्रजापतिले सार्वजनिक रुपमा ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो भने नेवाः देय् दबू भक्तपुर जिल्ला समितिका अध्यक्ष नरेश नेवाःले आ्फुहरुको कार्यक्रमको औचित्य माथि प्रकाश पानुृ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!