मध्यपुर थिमि, २३ कार्तिक २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर महोत्सब २०८१ सम्बन्धि वेबसाइट आज सार्बजनिक गरिएको छ।
मध्यपुर महोत्सब २०८१ सम्बन्धि बिबिध पक्षहरुबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले www.visitmadhyapur.com वेबसाइट सार्बजनिक गर्नु भएको हो।

यहि पुस १२, १३ र १४ गते हुन गैरहेको मध्यपुर महोत्सव – २०८१ सम्बन्धि सम्पुर्ण जानकारीहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सकिने छ।

वेबसाइट मार्फत मध्यपुर महोत्सब हुने स्थानहरुको डिजिटल म्यापिङ्घ, लोकेशन म्याप, महो्त्सब सम्बन्धि डिजिटल जानकारीहरु, महोत्सबमा हुने बिबिध गतिबिधिहरु बारे जानकारी प्राप्त गर्न सकिने छ।
