कांग्रेस उम्मेदवार जिसस ओखलढुङ्गा प्रमुखमा निर्विरोध

काठमाडौं, मंसिर २, २०८१ः

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका उम्मेदवार भट्टराई निर्विरोध भएको बताए। कांग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले उम्मेदवारी नदिई कांग्रेस कै भट्टराईलाई समर्थन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!